राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरि कार्यक्रम सम्पन्न

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना देशरभरका कार्यालयबाट वित्तीय साक्षरताका लागि प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ। बैंकको ५८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालय एवं विभिन्न शाखा कार्यालयबाट प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सर्वसाधारणप्रति बैंकिङ्ग सचेतना गर्ने उद्देश्यले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै ५८ औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको बताए।

बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयहरूमा एकसाथ आयोजना भएको प्रभातफेरि कार्यक्रममा करिब एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजा गाँजा ब्यानर सहित शुरु गरिएको उक्त प्रभातफेरिको र्‍याली बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्मकन्या कलेज, पुतलीसडक, पद्मोदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो।

साथै, बैंकका प्रादेशिक कार्यालयहरू भएको सहर विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, शाखा कार्यालय भरतपुर, बुटवल र जनकपुरमा एकै पटक सोही प्रकारको प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो। बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरूको सरसफाइ, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भइरहेको छ।

यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गर्दै छ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्