सुर्खेतमा गाडी दुर्घटना, चारको मृत्यु

accident_
लोकपाटी न्यूज
5 Shares

सुर्खेत। सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। आज बिहान साढे २ बजे छिन्चुबाट वीरन्द्र्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन्।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्