काठमाडौं। इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानामाथि २–० को सहज जित निकालेको हो।
खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा भिक्टरले भिक्टर ओसीम्हेनले गोल गर्दै नापोलीलाई २–० ले अघि बढाए।
त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी भयो। जितसँगै शीर्ष स्थानको नापोलीको १९ खेलबाट ५० अंक पुगेको छ। पराजित सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा छ।