प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

PM_PRACHANDA
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर-११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो।

प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्