मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपा प्रवेश

jasapa-1
लोकपाटी न्यूज
3 Shares

जनकपुरधाम। मधेश प्रदेशका दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन्। महोतरी जिल्ला क्षेत्र न.२ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न.३ को ‘क’ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो। उनीहरु दुबैजनालाई पार्टी अध्यक्ष उपेन्द्र यादव तथा सांसदहरु प्रदीप यादव, राजकिशोर यादवसहितका पदाधिकारीहरुले पार्टीमा स्वगत गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्