नेताको चाकरी नगरी जनताको दैनिकीसँग जोडिनुहोस् : नेता ऐर

yeri
लोकपाटी न्यूज
5 Shares

राजेन्द्र बिक/ बाजुरा, ९ माघ। वाइसीएल नेपालका केन्द्रीय सचिव तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश समिती सदस्य युवा नेता नवराज ऐरले योङ्ग कम्युनिस्ट लिग (वाइसीएल नेपाल) देशकै एक नम्बर क्रान्तिकारी संगठन भएको बताएका छन्।

वाइसीएल नेपाल बाजुराको प्रथम बैठकका लागि बाजुरा आएका नेता ऐरले सदरमुकाम मार्तडिमा गरिएको वाइसीएलको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले वाइसीएल नेपालले देशभरी रहेका उर्जावान युवाहरुलाई एकीकृत गर्दै नागरिकका जनजिबिकाका सवालहरुमा शसक्त आवाज उठाउने संगठन बनाउन गाउँ-गाउँमा युवाहरुलाई खटिन आव्हान समेत गरे।

साथै युवाहरुलाई नेताको चाकरी नगरी जनताको दैनिकीसँग जोडिन अनुरोध समेत गरे। गुट उपगुटमा लाग्ने पार्टी कमिटिमा बस्न नसुहाउने उनले बताए। आइतबार योङ्ग कम्युनिष्ट लिग नेपाल जिल्ला कमिटी बाजुराको प्रथम बैठक सम्पन्न भएको छ। वाइसीएल जिल्ला कमिटी सदस्य प्रेम धामीको अध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सदस्य शिव बोगटी, प्रदेश संयोजक नर बहादुर विष्ट,प्रदेश सदस्य सुरेन्द्र बिक, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह, प्रदेश कमिटी सदस्य महेश शाही लगायत वाइसीएल बाजुराका करिब ६० जना युवाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वाइसीएलका अर्का केन्द्रीय सचिव शिव बोगटीले नेतृत्वले अब काठमाडौं धनगढी बसेर होइन जिल्ला हुँदै गाउँगाउँमा केन्द्रित हुन निर्देशन दिए। माथिल्लो तहका नेताले तलको संगठनमा ध्यान दिनुपर्ने समेत बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल कुमारी शाह र प्रदेश कमिटी सदस्य महेश शाहिले अब देश युवाकै काधमा रहेकोे हुँदा वाइसियल नेपालले संगठनलाई गतिशील र चलाएमान बनाउन फिल्डमा जानू पर्ने बताए।

बैठकले रिपोर्टिङ, कार्य बिभाजन, पालिका, वडा सम्मेलन गर्ने एजेन्डामा रहेर निर्णय गरेको छ। बैठकले वाइसीएल बाजुराको कार्यविभाजन गरेको छ। जसअनुसार वाइसीएल बाजुराको संयोजकमा तुल बहादुर रोकाया सचिवमा प्रेम धामीलगायत प्रत्येक पालिकाबाट एक/एक जना समेटिने गरी ११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्