एजेन्सी। बंगलादेशमा राष्ट्रपतिका लागि आगामी फेब्रुअरी २३ मा निर्वाचन हुने भएको छ। आयोगका सचिव मोहम्मद जहाँगीर आलमका अनुसार राष्ट्रपति निर्वाचनको कार्यतालिका छिट्टै घोषणा गरिने छ।
बंगलादेशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ। जसले गर्दा वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा सचिव आलमले बताएका छन्। राष्ट्रपति मिदको कार्यकाल २४ अप्रिलमा सकिने भएको छ।