काठमाडौं। नेपाली कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
कुनै पनि कारणले चुनाव पछि सार्न नहुने अडानमा कांग्रेस रहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो। प्रवक्ता डा.महतले राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको जानकारी दिए।