नेपाल टि–२० मा म्याच फिक्सिङ गरेकाे आराेपमा दुई क्रिकेटर पक्राउ

aalam
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। म्याच फिक्सङमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। नेपाल टी–२० लिगमा स्पट फिक्सङमा संलग्न रहेको आरोपमा मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको हो।

मेहबुब आलम पूर्वराष्ट्रिय क्रिकेटर हुन् भने अन्सारी राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन्। आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन्।

आलमले एकै खेलमा १० विकेट लिएको कीर्तिमान बनाएका छन् भने पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्