
काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
हालै बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत हुन्।