राजेन्द्र बिक/ बाजुरा,९माघ। वाइसीएल नेपालका केन्द्रीय सचिव तथा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिती सदस्य नवराज ऐर लगाएतको टोलीले सहिदका परिवारसंग भेटघाट गरेको छ।
वाइसीएल नेपालको केन्द्रीय सर्कुलर बमोजिम संगठन निर्माणको क्रममा डोटी आएका सचिव ऐर लगाएतको टोलीले आज जयुद्धका सहिद तथा बेपत्ता र सोही क्रममा पीडित परिवारका छोराछोरीहरुका लागि स्थापना गरिएको शहिद स्मृति आवासिय माध्यमिक विद्यालय डोटी राजपुरमा पुगि विद्यार्थीहरुसंग भेटघाट गरेको हो।
भेटघाटका क्रममा विद्यार्थीहरुलाई सरस्वती पूजाको पूर्वसन्ध्या पारी १५ केजी मिठाइ वितरण गरिनुका साथै विद्यार्थीका समस्या र गुनासो सुन्दै सचिव ऐरले माओवादी केन्द्र,नेपाल सरकार,प्रदेश सरकार र स्थानीय सरकार सम्मले विद्यालयको समग्र विकास निर्माण र स्तरोन्नतिका ध्यान दिन जरुरी रहेको बताएका छन्।
घाइते, बेपत्ता तथा सहिद परिवारको स्थितिलाई वाइसीएल नेपालले सरकारसंग राखी न्यायोचित व्यवस्थापनका लागि आवाज उठाउने बताए। भेटघाटमा सचिव ऐरसंगै वाइसीएल नेपालका अर्का केन्द्रीय सचिव शिव बोगटी,प्रदेश संयोजक नर बहादुर बिस्ट, केन्द्रीय सदस्य सुरेन्द्र बिक लगायतको सहभागिता रहेको थियो।