
काठमाडौं। प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो। संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ।
यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ।