काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
यी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति र भोलि बुधबारसम्मै पानी पर्नेछ।
यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ। कर्णालीका हिमाली जिल्लामा भने मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ।