गण्डकीका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

khagraj-adhikari-prachanda pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन्। मुख्यमन्त्री अधिकारीले आज मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन्।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन्। यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्