चिया बगानमा युवायुवती मृत अवस्थामा फेला

Jhapa-death-girls-boy pic
लोकपाटी न्यूज
5 Shares

झापा। झापामा युवायुवती मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार उनीहरू मंगलबार बिहान कचनकवल गाउँपालिका–४ केचनामा सो ठाउँका २५ वर्षीय राजेशकुमार गणेश र पवित्राकुमारी राजवंशी मृत फेला परेका हुन्।

दुवै जना झुन्डिएको अवस्थामा एभरेष्ट चिया बगानमा भेटिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। दुवैजना एउटै कपडाले पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। घटनाबारे अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्