महिलालाई बेहोस बनाएर ३ लाख नगद र सुन चोरी

chori pic
सांकेतिक : तस्वीर
लोकपाटी न्यूज
2 Shares

प्यूठान। प्यूठानमा महिलालाई बेहोस बनाएर ३ लाख नगद र सुन चोरी भएको छ। प्यूठान झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ ७ बजेतिर स्थानीय पदम खड्काको घरमा चोरी भएको हो।

घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन्। उनको मुखमा नशालु पदार्थको स्प्रे छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल चोरी भएको प्रहरीले जानकारी दिएको छ। टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी दिए।

अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेको खड्काले बताए। पदमसहित उनकी श्रीमती र छोरा दाजुभाइका घरमा गएका थिए। संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए। बेहोस भएकी खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। यता जिल्ला प्रहरी कार्यालय प्यूठानले घटनाबारे जानकारी आएपछि अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्