बाजुरामा गर्भवती महिलाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

राजेन्द्र बिक/ बाजुरा, १० माघ। बाजुरामा सुत्केरी हुन नसकेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर-१ पिनालेख बस्ने रमेश बिककी २६ वर्षीय श्रीमती जानकी विक लुवार रहेकी छन्।

सुत्केरी हुन नसकी जिल्ला अस्पताल बाजुरामा ल्याइएकी जानकीको सोमबार राति बाटोमा मृत्यु भएको हो। अस्पताल बाजुरामा सम्भव नभएको भन्दै रिफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर लैजादै गर्दा अछाम जिल्लामा बाटोमै मृत्यु भएको श्रीमान रमेश बिकले बताए।

बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाका अनुसार गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको थियो। अस्पतालमा मृत्यु भएको शव मात्र पुर्याइएको उनले बताए। बयलपाटा अस्पतालका अनुसार समयमै गर्भवती आमाको उद्धार हुन नसक्दा  महिलाको मृत्यु भएको हो।

माघ ४ गते आफन्तले जानकीलाई अस्पताल बाजुरामा चेकजाँच गर्न ल्याएका थिए। अस्पताल बाजुराले औषधि दिएर घर पठाएको थियो। जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि माघ ८ गते आइतवार अस्पताल बाजुरामा ल्याइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्