काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ।
गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन्। हाफ मुन वे एसियाली मूलका मानिसहरुको बाहुल्य भएको क्षेत्रको रुपमा चिनिन्छ।
हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ। बीबीसीका अनुसार उनले हत्या गरेका चार व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए। अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए। आठ जना घाइतेको अवस्था गम्भीर छ।