बाजुरामा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

लोकपाटी न्यूज
9 Shares

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प आएको छ। आज अपराह्न २:४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए। प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्