एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान पराजित भएको छ। मंगलबार राति भएको खेलमा मिलानले लाजियोसँग ४–० को हार बेहोरेको हो।
खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोलाई २–० को अग्रता दिलाए।
६७ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोको अग्रता तेब्बर बनाए। त्यसपछि ७५ औं मिनेटमा फेलिपे एन्डरसनले गोल गर्दै लाजियोलाई ४–० को जित दिलाए। जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा छ।