पोखरा। नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो। नेबिको प्रालिले बिस्कुट, कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ।
हालै नेबिको मह बजारमा लन्च गरेको छ। एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा आएको हो। करिब छपन्न वर्षदेखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखेर नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउदै छ।
उपभोक्ता मुल्य एक केजीको ७५०, पाँच सय ग्रामको ,४०० दुई सय पचास ग्रामको २२५ रुपैयाँ रहेको छ। आकर्षक बट्टामा बजारमा आएको मह अत्यन्तै राम्रो गुणस्तरमा रहेको कम्पनीले जनाएको छ।