बाँकेमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
5 Shares

नेपालगञ्ज। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-६ सोनवर्षा बस्ने ३५ वर्षीय राम प्रसाद बर्मालाई छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बर्माले ती बालिकालाई सोनवर्षा गाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्