गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने आचार्यका परिवारलाई

rabi-pic
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन्। मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका हुन्।

कीर्तिपुर अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ। आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्