प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार

prachanda_oli-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बिहान बालुवाटार गएका हुन्।

भेटवार्तामा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल भएको थियो।दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो। राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्