नागरिकता लिन प्रशासन जादैं रवि लामिछाने

Rabi lamichhane pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। रवि लामिछाने नागरिकताको प्रमाणपत्र लिन आज आइतबार प्रशासन जाने भएका छन्। लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन्।

लामिछानेले स्थानीय प्रशासनसँग समन्वय गरेर नागरिकता लिने तयारी गरेको बुझिएको छ। लामिछानेविरुद्दको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने फैसला गरेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो। लामिछानेको सांसद पद र गृहमन्त्री दुबै पद खारेज भएको छ। चितवन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्