नेकपा एसले आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापन पत्र, यस्ता छन् २० सुझाव

nekapa-s-gyapan-pic
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो।

देशको अर्थतन्त्र गम्भीर संकटतिर उन्मुख भएको भन्दै संकट समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम र अपनाउनुपर्ने आर्थिक रणनीतिको बारेमा प्रतिपक्षी दलको हिसावले जिम्मेवारी बोध गर्दै ज्ञापनपत्र बुझाएको उल्लेख गरिएको छ।

विेशष गरेर अहिले बैंकको ब्याज चर्को भएका कारणले अधिकांश साना र मझौता व्यवसायी धरासायी हुने अवस्थामा पुगेको भन्दै ठूला व्यवसायी पनि गम्भीर संकटतिर लागेको उल्लेख छ।

यस्तो अवस्थामा सरकारले तत्काल कदम चालेर समस्या समाधान गर्नुपर्ने नेकपा एसको धारणा छ। उसले बढीमा ७ प्रतिशत व्याज हुने व्यवस्था गर्न माग गरेको छ। अर्थतन्त्र सुधारका लागि नेकपा एसले सरकारलाई २० सुझाव दिएको छ।

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्