निर्मल पौडेल/ पर्वत, १७ माघ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन लाई असफल बनाउन प्रयत्न गर्ने तत्व र प्रवृत्ति लाई प्ररास्त पार्ने बताएका छन्। आज मंगलबार जिल्ला अस्पताल पर्वतको ३३ औं बार्षिकउत्सवको मुल समारोह लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै चुमानले यस्तो बताएका हुन्।
चुमानले संघर्ष र बलिदानिबाट प्राप्त भएको संघीय लोकतान्त्रीक गणतन्त्रलाई खिल्ली उडाउनेहरुलाई बल पुग्ने गरि कार्य सम्पादन गरिँदा जनतामा निराशा छाएको भन्दै संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकार र बजेट व्यवस्थापन प्रती संघीय सरकार संवेदनशिल नबन्दा समस्या थपिएको बताए।
राज्य र जनताविचको दूरी घटाउँदै विकास र सम्बृद्धिका लागि जनता आँफैले आफ्नो भविष्य कोर्न सक्ने गरि परिकल्पना गरिएको संघीयता लाई हाँस्यास्पद गराउने चलखेल भइरहेको भन्दै त्यसलाइ समयमै चिर्न नसकिए समस्या उत्पन्न हुने ठोकुवा गरे। आफ्नो पहिलो कार्यकालमा आफुले संघीयता ब्यबस्थापनका लागि प्रदेशलाई बलियो बनाउन प्रयत्न गरेको भन्दै यस कार्यकालमा पनि त्यही स्प्रीटमा काम गर्ने बताए। मन्त्री चुमानले सिमित स्रोत साधनका विच आफ्नो विभागिय मन्त्रालयमा संघीयताको प्रत्याभुती र केही समयमै रिजल्ट दिने गरि योजनाबद्ध तरिकाले काम गर्न लागेको भन्दै त्यसमा सम्पुर्ण तह र तप्काबाट सहयोगको अपेक्षा समेत गरे। मन्त्री चुमानले अत्यावश्यक स्वास्थ्यसेवाहरु प्रदान गर्नका लागि आँफु लागि परेको भन्दै प्रदेश अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताललाई सुविधायुक्त बनाउने योजना रहेको बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमालले विगत देखिनै पर्वत अस्पतालको लागि कुन ठाउमा भनेर हुन्छ या पुगेर हुन्छ दृश्य या अदृश्य रुपले लागिपरेको बताउदै अस्पतालको श्रीवृद्धिका लागि सवै सरोकारवालाहरु लाग्नुपर्ने बताए। अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शंकर गिरीले पर्वत अस्पताल लाई देशभरका जिल्ला अस्पतालहरुमा उत्कृष्ट अस्पतालको रुपमा विकास गराउने प्रयत्नमा लागिपरेको बताए। अस्पतालको स्थापना कालदेखि अहिलेसम्म अस्पतालको विकासका लागी योगदान पुर्याउने सवैमा हार्दिक आभार व्यक्त गर्दै आँफू अध्यक्ष भएर आएदेखी अस्पतालको ऋण तिर्न देखि लिएर भौतिक पुर्वधार, अस्पतालमा आउने विरामीहरु लाई सरल र सहज रुपमा सेवा प्रदान,डाक्टर कर्मचारी व्यवस्थापन लगायत समग्र व्यवस्थापकिय पक्षमा सुधार ल्याएको बताए ।
गिरीले १५ सैयाको अस्पताल लाई ५० सैयाको अस्पतालमा वृद्धि गर्न लागि पर्ने भन्दै आवश्यक दक्ष जनशक्तिको लागी प्रदेश र केन्द्र सरकार सङ्ग पहल गर्ने बताए। विगतमा ट्रान्जिट अस्पतालको रूपमा हेरिए पनि हाल विरामीहरुको लागि धेरै सेवा सुविधा थप गरिएको बताए। यस्तै अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष गोबिन्द पहाडीले आँफू अस्पतालको अध्यक्ष हुँदा अस्पताल सुधार र विकासमा धेरै काम भएको भन्दै अस्पतालको बिकासका लागी र आफुले सुरुवात गरेका कार्यहरू पूरा गर्न बाहिर रहेर पनि लागिपर्ने बताए। कार्यक्रममा जिल्लास्थित क्रियाशिल दल तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्ना धारणा राखेका थिए।
नेपाली कांग्रेस पर्वतका उपसभापती चुडामणि शर्मा, एमाले पर्वतका सचिव गोविन्द पहाडी, राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष नवराज भण्डारी,नेकपा समाजवादीका जिल्ला अध्यक्ष मोती पौडेल, संघसंस्थाको तर्फबाट बसन्त कर्माचार्य, छिमेकी जिल्ला बाग्लुङ्ग, म्याग्दीका मेडिकल सुपरिटेण्डन्टहरुले आ–आफ्ना धारणा राखेका थिए। पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट रुक्मिनी अधिकारीको स्वागत मन्तब्य र संचालन प्रशासकीय अधिकृत प्रकाश पौडेलले गरेका थिए। अस्पतालले माघ ९ देखि १६ सम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको आफ्नो ३३ औं वार्षिकउत्सवको समापन समारोहमा स्वास्थ्यकर्मीहरुले नृत्य प्रस्तुत गरेका थिए भने उकृष्ट कर्मचारीलाई सम्मान तथा संघसंस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। अस्पतालले बार्षिक उत्सवको अवसरमा ठाउँठाउमा निशुल्क स्वास्थ्य परिक्षण,विरामीलाई फलफुल वितरण, प्रभातफेरी, विभिन्न खेलकुद प्रतियोगिता लगयतका कार्यक्रमको आयोजना गरेको थियो। विभिन्न प्रतियोगितामा सहभागी स्वास्थ्यकर्मीहरु लाई सम्मान समेत गरिएको थियो।