नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

Maobadi_Padhadikari
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)  को स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे बस्नेछ।

यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए।

बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजे मात्रै बसेको थियो। उक्त बैठक पनि औपचारिक विषयमा प्रवेश नगरी सकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्