सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

pradesh-sava-parliament-pic
लोकपाटी न्यूज
4 Shares

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज बिहिबार विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्