‘ह्वाटस् एप’ नखोली पढ्न सकिन्छ म्यासेज, अपनाउनुस् यो विधि

Mobile whatsapp
लोकपाटी न्यूज
22 Shares

एजेन्सी। ह्वाटस् एप सबैभन्दा धेरै प्रयोग हुने मेसेजिङ प्लेटफर्म मध्येको एक हो। ह्वाटस् एपमा लुकेका धेरै सुविधाहरू छन्, तर त्यहाँ केही ट्रिक छन् जुन हरेक एन्ड्रोइड फोनमा उपलब्ध छन्। त्यहाँ एउटा यस्तो ट्रिक छ, जसले तपाईंलाई मेसेजिङ एप नखोलिकनै सम्पूर्ण ह्वाटस् एप म्यासेज पढ्न छुट दिन्छ।

नोटिफिकेसन प्यानलबाट पनि हेर्न सकिन्छ म्यासेज : तपाईंले सधैँ सूचना प्यानलमा आफ्ना ह्वाटस् एप म्यासेज पढ्न सक्नुहुन्छ। तर, लामो म्यासेज भने त्यहाँ पढ्न सकिँदैन। यदि तपाई तुरुन्त म्यासेज हेर्न चाहनुहुन्न, तर, म्यासेजको बारेमा जान्न चाहनुहुन्छ भने यो सामाग्रीबाट मद्दत मिल्ने विश्वास छ।

आवश्यक हुन सक्छ म्यासेज : ह्वाटस् एप नखोलिकन म्यासेज पढ्नेका कैयौँ कारण हुन सक्छन्। यस्तो अवस्थामा, तपाईंसँग पनि ती मध्ये केही कारण हुन सक्छन्। त्यसैले अब चिन्ता लिन पर्दैन- मेसेजिङ एप नखोलीकन कसरी म्यासेज पढ्न सक्नुहुन्छ भन्ने बारेमा यहाँ चर्चा गर्नेछौं।

ह्वाटस् एप नखोलिकनै कसरी पढ्ने पूरा म्यासेज ?

यो प्रक्रिया गाह्रो छैन। सेटिङ मिलाउन जम्मा एक मिनेट जति मात्र समय लाग्छ। प्रक्रिया धेरै सरल छ, विजेटको प्रयोग गर्न जान्नेहरूले यसलाई सजिलै प्रयोग गर्न सक्छन्। ह्वाटस् एप नखोली पूरा म्यासेज पढ्न तलका जानकारी पच्छ्याउनुस्:

  • एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले पहिले मुख्य स्क्रिनको होमपेजमा एकछिन् प्रेस गर्नुहोस्।
  • अब, विकेटहरूमा ट्याप गर्नुहोस् र सबै विकेटहरू तपाईंको स्मार्टफोन स्क्रिनमा देखा पर्नेछ।
  • त्यसपछि तपाईंले ह्वाटस् एप विजेट फेला नपरेसम्म तल स्क्रोल गरिरहनुहोस्।
  • अब ह्वाटस् एप विजेटमा ट्याप गर्नुहोस् र यो तपाईंको होमपेजमा थपिनेछ।
  • अब डन बटनमा ट्याप गर्नुहोस्। विजेटलाई लामो समयसम्म थिच्नुहोस् र यसलाई शीर्षमा सार्नुहोस्। त्यसपछि तपाईंले विजेट एक्सटेंड गर्ने विकल्प पाउनुहुनेछ, जसलाई तपाईं पूर्ण स्क्रिन गर्न पनि सक्नुहुन्छ। यसले पुरै म्यासेज पढ्न सजिलो बनाउनेछ।
  • एक चोटि होमपेजमा ह्वाटस् एप विजेट सफलतापूर्वक सेटअप गरेपछि तपाईंले सबै सन्देशहरू पढ्न तल स्क्रोल गर्नुपर्नेछ।
  • म्यासेज एपमा च्याट अनुसार लाइनमा रहन्छन्। तपाईंको नयाँ म्यासेज सबैभन्दा शीर्ष स्थानमा रहन्छ। साथै तपाईंले नपढ्नु भएका अन्य अघिल्लो म्यासेज तल देखा पर्नेछ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्