काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध भएको छ। विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएका कारण सेवा अवरुद्ध भएको हो।
सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन्।
अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा समस्या आउँदा काम रोकिएको छ। इन्टरनेट नचल्दा सयौं हवाई यात्रुहरू प्रभावित भएका छन्। समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन्।