च्याटजीपीटी एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई च्याटबट) भाषा मोडेल हो, जसले संसारभर हलचल मच्चाएको छ। यो एआई अनुसन्धान कम्पनी ओपन एआईद्वारा विकसित गरिएको हो। अमेरिकाको सानफ्रान्सिस्कोमा इलन मस्कले स्थापना गरेको कम्पनी ओपन एआईले बनाएको च्याटजीपीटी २०२२ नोभेम्बर ३० मा सार्वजनिक गरिएको थियो।
च्याटजीपीटी एक च्याटबट हो। जसले प्राकृतिक भाषा बुझ्दछ र मानिसले जस्तै प्रतिक्रिया गर्दछ। यसले तपाईंका धेरै प्रश्नको लिखित र लगभग सही जबाफ दिन सक्छ। च्याटजीपीटी लगभग १०० भाषामा उपलब्ध छ तर यो अंग्रेजीमा सबैभन्दा सटिक छ। यो च्याटबटले तपाईंको व्यक्तिगत समस्यामा पनि सल्लाह दिन सक्छ। यसमार्फत सामग्री सिर्जना गर्ने सम्भावना अपार छन्।
उदाहरणका लागि यसले तपाइँलाई एउटा जटिल तर स्वादिष्ट रेसिपीको व्याख्या गर्न सक्छ र तुरुन्तै उस्तै रेसिपीको नयाँ संस्करण पनि सिर्जना गर्न सक्छ। तपाईंलाई कविता, शैक्षिक कागज र पत्रहरू लेख्न मद्दत गर्न सक्छ। च्याटजीपीटीले तपाईंका सबै प्रश्न केही सेकेन्डभित्र जबाफ दिन्छ। उदाहरणका लागि तपाईंले यो च्याटबटलाई आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा सेक्सपियरको शैलीमा कविता लेख्न भन्नुहुन्छ। केही क्षणमा कविता लेखिदिन सक्छ। कविताको स्तरमा बहस हुन सक्छ तर लेखनको गतिमा होइन।
च्याटजीपीटीको प्रयोग : नयाँ एआई च्याटबट च्याटजीपीटी सामाजिक सञ्जालमा द्रुत रूपमा लोकप्रिय हुँदैछ। च्याटजीपीटी सरल र प्रयोग गर्न सजिलो छ। यदि तपाईं च्याटजीपीटी प्रयोग गर्न चाहनुहुन्छ, तर यसको कसरी प्रयोग गर्ने थाहा छैन भने हामी यहाँ च्याटजीपीटी प्रयोग गर्ने तरिकाबारे आज यहाँ चर्चा गर्नेछौं।
१. ओपन एआईमा साइन अप गर्नुहोस्- च्याटजीपीटी प्रयोग गर्न, सबै भन्दा पहिले तपाईंले ओपन एआईको आधिकारिक वेबसाइटमा साइन अप गर्नुपर्छ र यसमा खाता बनाउन पर्छ।
२. च्याटजीपीटीमा खाता बनाउनुस्- ओपन एआईको वेबसाइटमा गएपछि स्क्रिनमा देखा पर्ने साइन अपमा क्लिक गर्नुहोस्। यदि वेबसाइटले लोड हुन समय लिइरहेको छ भने पृष्ठ रिफ्रेस गर्नुहोस् वा केही समय पछि फेरि प्रयास गर्नुहोस्।
३. आफ्नो खाता प्रमाणित गर्नुहोस्- च्याटजीपीटीमा सफलतापूर्वक साइन अप गरेपछि, अब तपाईंले आफ्नो खाता प्रमाणित गर्नुपर्नेछ। यदि तपाईंले आफ्नो इमेल आइडीमार्फत साइन अप गर्नुभएको छ भने, एक प्रमाणिकरण इमेल तपाईंको इनबक्समा पठाइनेछ। यदि तपाईंले मोबाइल उपकरणबाट साइन अप गर्नुभयो भने, तपाईंको फोनमा पठाइएको लिंक पछ्याउनुहोस् र प्रमाणीकरण प्रक्रिया पूरा गर्नुहोस्।
४. च्याटजीपीटी प्रयोग गर्नुहोस्- तपाईंले सफलतापूर्वक च्याटजीपीटीमा खाता सिर्जना गरिसकेपछि च्याटजीपीटी प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ।
५. तपाईंको प्रश्न सोध्नुहोस्- अब तपाईंले च्याटजीपीटीमा सफलतापूर्वक खाता बनाइसक्नुभयो भने अब तपाईं यसलाई प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ। तपाईंले अब सर्चबारमा गएर जान्न चाहेको प्रश्न टाइप गर्नुहोस् र जवाफ प्राप्त गर्नुहोस्।