प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

Prachanda_KP-Oli
फाइल तस्बिर
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्डले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आएका छन्। आज बिहान मात्रै नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।