अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेका छन् : चन्द्रप्रसाद ढकाल

Chandra Dhakal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको बताएका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य संघको २१औं वार्षिक साधारणसभालाई संम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गरे।

छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालले केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले त्यो कुरालाई मध्यनजर गर्दै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा विस्तारै सहज स्थिति आउने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्