प्रतिक्रियावादी दलालविरुद्ध फेरि पनि संघर्ष

Karlbikram Thapa
लोकपाटी न्यूज
8 Shares

कार्लविक्रम थापा

बाह्र बुँदे समझदारी हुँदै बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मध्यका गिरिजाप्रसाद कोइराला हामी माझ हुनुहुन्न, तर अर्का हस्ताक्षरकर्ता पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेपालको प्रधानमन्त्री हुनुहुन्छ।

यतिखेर गर्माएको विषय भनेकै उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बहालवाला प्रधानमन्त्रीमाथि केही वर्ष अघि दिएको अभिव्यक्तिलाई आधार बनाएर अदालतमा रिट निवेदन दायर गरियो। त्यसलाई सम्मानित सर्वोच्च अदालत प्रशासनले दरपिठ गर्‍यो र त्यही दरपिठ गरिएको निवेदनमा सम्मानित सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र ईश्वर खतिवडाले मुद्दा दर्ता गर्न आदेश फर्मान जारी गर्नुभयो।

यो विषय सामान्य होइन, यसले व्यक्तिगत रूपमा प्रचण्डलाई त कारागार चलान गर्ला! तर विचार, दृष्टिकोण र दर्शनलाई कैद गर्न सक्दैनन्। त्यो द्वन्द्वकालीन विषय हो, यसको समाधान सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै हुनुको विकल्प छैन।

नेपालको इतिहासमा पटक-पटक तथा यस पटक त अझै राम्रोसँग के प्रमाणित भइसकेको छ भने, नेपालको परिवर्तनलाई संस्थागत गर्ने काम प्रधानमन्त्री प्रचण्डबाट मात्र सम्भव छ। कतिपय राजावादी, प्रतिगामी, सामन्ती-दलाल वर्गलाई प्रचण्डको नाम सुन्दा टाउको दुख्छ, भाउन्न हुन्छ, जुन स्वाभाविकै हो।

तर यहाँ कुरो यति मात्र होइन, कुरा सिङ्गो परिवर्तन नै मास्ने मोर्चासँग सम्बन्धित छ, जुन मोर्चामा एमाले अध्यक्ष ओलीको षड्यन्त्रकारी भूमिकालाई नकार्न सकिन्न। पूर्वतानासाह तथा सामन्त ज्ञानेन्द्रले यस संविधानलाई मान्ने कुरै आएन, यिनका पिछलग्गु लिङ्गदेन त पूर्णरूपमा ओलीकै मोर्चामा आबद्ध छन्। रवीन्द्र मिश्र भन्ने अर्को सामन्त दलालसमेत यस मोर्चामा आबद्ध भएको प्रमाणसहित प्रत्यक्ष साक्षात्कार भइरहेको विषयवस्तु हो। पछाडिबाट भूमिका खेल्नेमा चोलेन्द्र शमशेर इत्यादिसमेतको मिलेमतोमा देखिने गरी प्रचण्डमाथि र नदेखिने गरी सिङ्गो संघीय लोकतान्त्रिक गणतन्त्र तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई नै जलाएर खरानी पार्ने योजनाको खुलासा भैसकेको तथ्य नकार्न सकिन्न।

यद्यपि यी पछिल्ला घटनाक्रमले विभाजित कम्युनिस्टहरू ध्रुवीकृत हुँदै गएको यथार्थले सामन्त दलाल, पञ्चे मण्डले र ओली खेमामा भूँइचालो गएको विषय पनि सामान्य भने छैन र होइन। किनकि यिनीहरू कदापि शक्तिशाली प्रचण्ड चाहँदैनन्। त्यसकारण यहाँसम्म जे जस्ता घटनाक्रम विकसित भएको भएता पनि प्रचण्डमाथिको व्यक्तिगत आरोप पुष्टि नभएको र कुनै सामान्य अभिव्यक्तिलाई आधार मानेर जघन्य अपराधी किटान पनि गर्न नसकिने तथा यी र यस्ता आरोप सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत किटानी भई आएपछि तत्कालीन अवस्थामा संसद्ले बनाउने कानुन बमोजिम हुने नै हुँदा भन्ने जस्ता शब्द प्रयोग गर्नुको विकल्प तत्काल देखिएन भनेर सेफ ल्यान्डिङ लिनेछन्।

प्रचण्ड सामान्य नेता होइनन्, उनी गणतन्त्रका पिता हुन्, टाउकामा कात्रो बाँधेर नेपाली जनतालाई सामन्तहरूको जालोबाट उन्मुक्ति दिलाउने जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सफल र देशलाई समाजवादोन्मूख संविधानको जगमा टेकेर समाजवादका निम्ति लडिरहेका एक तौ विस्तृत शान्ति सम्झौता विपरीत भई युद्ध भड्काउने उद्देश्यका साथ आएको हुँदा यस्ता षडयन्त्रमूलक क्रियाकलापको घोर विरोधमा उत्रनेछौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्