अर्थव्यवस्था किन कमजोर भयो ? १३ बुँदामा पढ्नुस्

लोकपाटी न्यूज
8 Shares
  • टिका कार्की

 १. बचतमा उच्च ब्याजदर हुनु, बचतमा ५% भन्दा बढी ब्याज हुँदा मान्छे अल्छी हुने, उत्पादन तथा इन्नोभेसनमा जोडिन नचाहने।

२. केही सीमित व्यक्तिको हातमा सम्पूर्ण अर्थव्यवस्था हुनु, बैंकर र व्यवसायी छुट्टाछुट्टै नहुनु।

३. राजनीतिमा पैसावाला तथा ठेकेदारको हालीमुहाली हुनु।

४. राजनीतिज्ञहरू दलालीमा रमाउने, पेशा व्यवसाय नगर्ने।

५. उत्पादनलाई सपोर्ट हुने खालको स्पष्ट नीति नहुनु।

६. देशका किसान तथा उत्पादकको उत्पादनको बजार ग्यारेन्टी नहुनु, ‌अनुदान उत्पादनमुखी नभई वितरणमुखी हुनु, पहुँचका आधारमा मात्र सरकारी सेवा सुविधा, अनुदान, सहुलियत कर्जा उपलब्ध हुनु।

७. शिक्षा महँगो तर सो अनुसारको रोजगार तथा सेवा सुविधा नहुनु, सिपमूलक शिक्षाको कमी।

८. शिक्षा तथा स्वास्थ्यको निजीकरण हुनु, देशमा रहेको शिक्षित पुस्ता चाकडीबाजमा रमाउनु।

९. न्यायालय तथा जनमुखी सरकारी सेवा प्रवाह हुने ठाउँमा दलालहरूको हालीमुहाली हुनु।

१०. धेरै नेपाली रोजगारको सिलसिलामा विदेश जाने, विदेशमा जे पनि काम गर्ने, नेपाल छिरेपछि लाउरेपारा देखाउने, विदेशबाट आएको रेमिट्यान्स रकम सित्तैमा आएको जस्तो गरी परिवारले अस्वाभाविक खर्च गर्ने, गाउँमा काम गर्ने मान्छेको कमी हुनु, सबैलाई बजारमा घर हुनुपर्ने।

११. सरकारी कर्मचारीको सेवा सुविधा कम हुनु, नेताको दलालगिरी तथा खर्चिलो चुनावले गर्दा आफ्नो नजिकको कर्मचारी मालदार ठाउँमा राखेर रकम असुली गर्न प्रयोग गर्ने गर्नु।

१२. सरुवा बढुवामा अस्वाभाविक रूपमा मन्त्री, सांसद, ठेकेदार तथा दलालहरूको हालीमुहाली हुनु।

१३. कमजोर सरकार तथा स्पष्ट अर्थ नीति नहुनु, आदि आदि।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्