सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Gold
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ। यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख तीन हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० वृद्धि भई एक हजार दुई सय ५५ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्