केपी दंगालको ‘प्रेमको झिरैमा’ गीत सार्वजनिक

geet
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। केपी दंगाल गोकुलको दोस्रो सांगितीक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ। उक्त गीतको म्युजिक भिडियो पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ।

यस अघि पनि सर्जक दंगालको पहिलो सांगितीक कोशेली ‘निर्मोही’ नामको आधुनिक गीत गायक प्रमोद खरेलको स्वरमा म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भैसकेको छ। मातृका प्रसाद आचार्य र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको उक्त गीत पुरुषोतम न्यौपानेको संगीत साथै संगीत संयोजन, किशोर थापाको ध्वनी सम्पादनमा तयार भएको हो भने गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको म्युजिक भिडियोमा केपी दंगाल ‘गोकुल’ र स्मारिका ढकालको अभिनय रहेको छ। प्रेम लामाले छायाङ्कन र निर्देशन गरेको म्युजिक भिडियोलाई प्रेम नाथ श्रेष्ठले ड्रोन छायाङ्कन गरेका छन्। उक्त गीतमा अर्जुन सिलवालले कोरियोग्राफी, अजय लामाले प्रोडक्सन म्यानेज र टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्