मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा पुराना युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ। घटनामा अरु दुई जना घाइते भएका छन्।

बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ। विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्ग हुने गरेको पाइन्छ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम शहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्टाएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्