जनसरोकारका विषय पहिचान गर्न एमालेकाे निर्देशन

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ। एमालेका उपमहासचिव विष्णु रिमालले उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताए।

उनले यहि चैतको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए। त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सोही विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो।

उनले भने, ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं। यो चाहिँ ७५३ वटै स्थानीय तहबाट हुनुर्पयो। ती कमिटीबाट हामीले सुझाव मागेका छौं। जनसरोकारको पहिचान भन्नेमा हामीले सो क्षेत्रको पहिचान गर्नुर्पयो। तपाईंहरू जुनरजुन पेशा र व्यवसायमा हुनुहुन्छ। त्यो पेशा र व्यवसायको पहिचान पनि त्यसमा राख्नुर्पयो। भौतिक पूर्वाधारको क्षेत्रमा के छ ? किसानहरूले भोगिरहेका समस्या के छन् ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिपोर्टिङ तयार गर्नेछ यही विषयमा।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्