काठमाडौं। गत चैत्र ५ गते कोशी प्रदेशको नामाकरणको विरोध कार्यक्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को मृत्यु भएको छ। निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडी प्रदर्शन गर्न जानेक्रममा प्रहरीको लाठीप्रहारबाट लिम्बु घाइते भएका थिए। टाउकोमा गम्भिर चोट लागेका उनको बीपी प्रतिष्ठानको आईसीयुमा उपचारको क्रममा मृत्यु भएको हो।
बुधबार राति बान्ता गरेपछि बेहोस भएका उनलाई बिपी अस्पताल पुराइएका थियो। उनलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याउने तयारी भइरहँदा मृत्यु भएको समतिले जनाएको छ। उनी संघीय लोकतान्त्रिक राष्ट्रि मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर थिए। लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने समितिको माग छ।