बुढिनन्दाका ९ गाउँमा स्थानीयको श्रमदानबाटै बल्यो बिजुली

kk
लोकपाटी न्यूज
6 Shares

राजेन्द्र बिक/ बाजुरा, १०चैत। जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर-३ स्थित ९ ओटा गाउँमा आफ्नै श्रमदानबाट बिजुली जल्न थालेपछि स्थानीय उत्साहित भएका छन्। स्थानिय धनबहादुर बोहोराले भने, ‘वडा नम्बर-३ का सिराडी,डाँडाबाडा, मेल्डुस्का, जैलु बड्डाला, भिडीगाउँ, चोलु, डोग्डेबाडा र लौटारुखका बस्तिमा बिजुली जल्न थालेपछि आफूहरु निकै उत्साहित भएका छौँ।’

गाउँकै स्थानीय सिमगाडबाट जलविद्युत सञ्चालनमा आएपछि त्यहाँका स्थानीयले वर्षौको अध्यारोबाट मुक्ति पाएका छन्। बिजुली आएसंगै विद्यार्थी, वृद्धा वृद्धालाई सबैभन्दा सहज भएको अर्का स्थानीय दिपकराज ऐडिले बताए। ६५ किलोवाट क्षमता भएको सिमगाड जलविद्युत सञ्चालनमा आएसंगै उज्यालोका साथै मोबाइल चार्ज,टिभी संचालन लगायतमा पनि सहजता आएको छ।

गाउँलेको श्रमदानमा उत्पादन भएको सो विद्युत अशक्त अशाय र आर्थिक रुपमा विपन्न नागरिकका लागि अत्यन्तै सजिलो भएको छ। विद्युत बल्न थालेपछि महंगोमा सोलार किनेर बाल्नु पर्ने स्थानीयको बाध्यता पनि हटेको छ। मोबाइल चार्ज गर्न सोलार खोजेर चार्ज गर्नु पर्ने बाध्या पनि हटेको छ। करिब एक करोड बराबरको लगानिमा बनेको सिमगाड जलविद्युतको पावर हाउस बुढिनन्दानगरपालिका ३ को चुकिरुखमा स्थापना गरिएको छ। विद्युतबाट करिब तीन सय पचास भन्दा बढि घरपरिवार लाभान्वित भएका सिमगाड जलविद्युत संचालन समितिका अध्यक्ष रंगलाल बोगटीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्