फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला फुटबल टिम कतिऔं स्थानमा ?

u20_women_football
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिम फिफा वरीयतामा तीन स्थान उक्लिएको छ। शुक्रबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १००औँ स्थानमा छ। यसअघि, नेपाल वरीयताको १०३औँ स्थानमा रहेको थियो।

नेपाल एसियन टिमको वरीयतामा भने २०औँ स्थानमा छ। यस्तै, दक्षिण एसियामा नेपाल वरीयताको दोस्रो स्थानमा छ। दक्षिण एसियाली वरीयताको शीर्ष स्थानमा रहेको भारत फिफाको ६१औँ स्थानमा छ।

दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश १४०औँ स्थानमा छ। चौथो स्थानको श्रीलंका १५५औँ, पाँचौँ स्थानमा रहेको माल्दिभ्स १५९, छैटौँ स्थानमा रहेको पाकिस्तान १६१औँ स्थानमा र सातौँ स्थानको भुटान १७८औँ स्थानमा छन्। महिला फुटबलमा फिफाका कूल १ सय ८८ सदस्य वरीयतामा छन्। वरीयताको शीर्ष स्थानमा अमेरिका र पुछारमा मौरिसस रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्