नेपाली चलचित्र ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक (भिडियो)

bulaki-song
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली चलचित्र ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइ देउन’ सार्वजनिक भएको छ। अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्रको गीतमा सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाकै स्वर रहेको छ।
गीतमा नरेन, सुरक्षा र अर्को अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ।

वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा चलचित्रमा नरेन, सुरक्षा, विराजका अलवा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय रहेको छ।

टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राजबहादुर सानेको कथा छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्