नेप्सेमा उच्च अंकको गिरावट

Share-Market
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक आज २६ दशमलव ८५ अंकले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अंकमा कायम भएको छ।

आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ। सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय ३३ दशमलव ९१ अंक र निर्जीवन बीमा समूहको उपसूचक ९९ दशमलव १५ अंकले घटेको छ।

बैंकिङ समूह १७ दशमलव ५७, विकास बैंक समूह ५३ दशमलव ४३, वित्त समूह १८ दशमलव ८९, होटल तथा पर्यटन समूह १२ दशमलव ५२ र जलविद्युत् समूह २४ दशमलव १९ अंकले घटेको छ। त्यस्तै लगानी समूह शून्य दशमलव ६४, जीवन बीमा समूह ८३ दशमलव ०१, उत्पादन समूह ८७ दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव ६५, व्यापार समूह ४३ दशमलव ७८ र अन्य समूह तीन दशमलव ९९ अंकले घटेको छ।

मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेप्सेकाअनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको आठ करोड ६२ लाख ८८ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको एक लाख २३ हजार तीन सय कित्ता शेयर खरिद बिक्री भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्