प्रचण्ड, देउवा र नेपालबीच छलफल, के कुरा भयो ?

Prachand_Deuba_Nepal
लोकपाटी न्यूज
14 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा उनीहरुबीच गठबन्धन दलको बैठक मंगलबार बोलाउने समझदारी भएको छ। मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिन प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल भएको हो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका लागि भोलि (मंगलबार) अपराह्न ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ। अहिलेसम्म मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा कुनै निर्णय नभएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्