काठमाडौं। नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्। सोमबार बढुवा समितिको बैठकले चार जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो। एआइजीमा पहिलो नम्बरमा भण्डारी रहेका छन्।
भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा हाल कार्यरत छन्। उनीहरूको नाम अब मन्त्रिपरिषद्ले प्रस्तावको रुपमा जान्छ। त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गर्छ।