मृतक लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने कोशी सरकारको निर्णय

padham
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। कोशी प्रदेश सरकारले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ।

कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्