कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको हो। अब उक्त बैठक चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ।

चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ। सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न भने बाँकी भएकाले खड्काले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्