मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक

deuwa-prachanda-madhav
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। सत्तारुढ दलको बैठक आज बस्दै छ। आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ।मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ।

दलहरूसँग सहमति जुटाएर छिट्टै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्। सत्ता गठबन्धनमा १० दल छन्। आज यी दलका शीर्ष नेताहरू उपस्थित हुने बैठकमा मन्त्रिपरिषद बिस्तारबारे छलफल हुनेछ। कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने र कुन-कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धनभित्र समझदारी बनिसकेको छैन।

मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद बिस्तार गर्नेबारे आज गठबन्धन बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग संयुक्त र एक्लाएक्लै भेटवार्ता पनि गरिरहेका छन् तैपनि सहमति भएको छैन। नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्। मन्त्रालयमा १० दललाई सहभागी गराउने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्